New Nepali Movie -"How Funny" Siraima Sirbandi

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

मिडिया एनपी, काठमाडौं, २८ फागुन । चलचित्र ‘हाउ फन्नी’को नयाँ गीत सार्वजनिक भएको छ । ‘शिरैमा शिरबन्दी’ बोलको सार्वजनिक गीतमा गीत मा फिल्म कि मुख्य कलाकार प्रियंका कार्की फिचरिंग भएकी छिन । बसन्त सापकोटा को संगीत र शब्द रहेको यस गीतमा स्वर मेलिना राइ को रहेको छ । गीतमा प्रियंकालाई गाउले परिवेश कि युवती को रुपमा देखाइएको छ ।
रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको यस गीतमा प्रियंकालाई पुराना हिट गीतहरुमा देखिएकी अभिनेत्री हरुको शैलीमा प्रस्तुत गरिएको छ । तिम्रो मन त चक्कु छुरी रेखा थापा, उडी उडी जान्छ मन करिष्मा मानन्धर, गोलि शिशा को दीपाश्री निरौला र तिर्खा लागे निरमाया रेखा थापा कै पहिरनको आधारमा प्रियंकाको पहिरन र नृत्य शैलीलाई तयार परिएको हो। कमेडी जनर को यो फिल्म बैशाख १० बाट प्रदर्शन मा आउने छ ।
मिस नेपाल सन् २००२ माल्भिका सुब्बा कार्यकारी निर्मात्री रहेको यस फिल्मलाई निलु डोमा शेर्पा ले निर्देशन गरेकी हुन् । फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, निशा अधिकारि, केकी अधिकारि, अनुप बिक्रम शाही, विजय बराल , शिशिर राना लगायत मुख्य भूमिकामा देखिदै छन् । आङ नुर शेर्पा , छिरिङ लामु शेर्पा र निमा टासी शेर्पाको लगानी रहने यस फिल्ममा पटकथा शान बस्न्यात को रहेको छ ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 Response to "New Nepali Movie -"How Funny" Siraima Sirbandi"

Post a Comment

Popular Posts

Popular Posts