करोडौं किलोमिटर टाढाको रोबोटलाई पृथ्वीबाटै यसरी गरिन्छ सञ्चालन... मङ्गल ग्रहमा भएको रोबटलाई थ्रीडी चश्मा लगाएर नासाले यसरी गर्छ नियन्त्रण!!करोडौं किलोमिटर टाढाको रोबोटलाई पृथ्वीबाटै यसरी गरिन्छ सञ्चालन... मङ्गल ग्रहमा भएको रोबटलाई थ्रीडी चश्मा लगाएर नासाले यसरी गर्छ नियन्त्रण!!

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

मङ्गल ग्रहमा रहेको रोबटलाई नासाले नियन्त्रण गर्नुपर्यो भने, सुरुमा एउटा भिडियो गेम खोल्छ, अनि ३डी चस्मा लगाउँछ।



नासाले सन् २००४ मा क्युरियोसिटी रोभरलाई मङ्गल ग्रहमा जीवनको अस्तित्व खोज्नको लागि पठाएको थियो। त्यसपछि उक्त रोभरले मङ्गल ग्रहको बारेमा थुप्रै जानकारीहरू पृथ्वीमा पठायो।

मङ्गल ग्रहमा नाइट्रोजन भेटियो!!

मङ्गल ग्रहमा भेटियो ‘तैरिएको चम्चा’

शानदार सेल्फी खिचेर पठायो नासाको ‘क्यूरियोसिटी रोभर’ले
तर सबैको प्रश्न यहि छ कि लगभग १६ करोड किलोमिटर टाढा रहेको रोबटलाई नासाले पृथ्वीबाट कसरी नियन्त्रण गर्छ?




यसै विषयमा हालै नासाका प्रवक्ता ‘मार्क राज्जे’ले सबै प्रक्रियाको बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका छन्।

मङ्गल ग्रहमा भएको रोबटलाई सिग्नल पठाउनका लागि नासाले क्यालिफोर्नियाको गोल्डस्टोन, स्पेनको म्याड्रिड र अष्ट्रेलियाको क्यानबेरामा एन्टेनाको प्लाटफर्म राखेको छ जसलाई ‘डिप स्पेस नेटवर्क’ (Deep Space Network) भनिन्छ।




त्यसपछि रोबटलाई नियन्त्रण गर्नका लागि नासाका वैज्ञानिकहरूले भिडियो गेमको प्रयोग गर्छन्। उच्च-प्रविधि समावेश गरिएको भिडियो गेमलाई ३डी चस्मा लगाएर हेरेपछि आफै मङ्गलको सतहमा भएको जस्तो महशुस हुने मार्क बताउँछन्। यसरी नियन्त्रण गर्ने क्रममा देखिएका दृश्यहरूलाई नक्साको रूपमा कब्जा गरेर राखिन्छ अनि भिडियो गेमबाटै रोबटलाई गुडाउने, फोटो खिच्ने, अनि सतहमा स्याम्पलहरू लिने काम गरिन्छ।

यो प्रविधिले २.५ बिलियन डलरको रोबटलाई मङ्गलको अनकन्टारमा हराउन नदिनको लागि सहयोग गर्ने मार्कले बताए। हुन त, यो रोभर कुनै भिरबाट खस्ने डर छैन, तैपनि कतै अड्किन सक्छ अथवा नासाका ड्राइभरले देख्न नसक्ने ठाउँमा पुग्न सक्छ भन्ने डर भने रहन्छ। यस्तो भएमा, मार्क भन्छन्- “धन्न त्यस रोभरमा ‘हजार्ड अभोइडेन्स सफ्टवेयर’ (Hazard Avoidance Software) राखिएको छ, जसले कुनै पनि दुर्घटना हुनुभन्दा पहिले नै सूचीत गराउँदछ।”

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 Response to "करोडौं किलोमिटर टाढाको रोबोटलाई पृथ्वीबाटै यसरी गरिन्छ सञ्चालन... मङ्गल ग्रहमा भएको रोबटलाई थ्रीडी चश्मा लगाएर नासाले यसरी गर्छ नियन्त्रण!!करोडौं किलोमिटर टाढाको रोबोटलाई पृथ्वीबाटै यसरी गरिन्छ सञ्चालन... मङ्गल ग्रहमा भएको रोबटलाई थ्रीडी चश्मा लगाएर नासाले यसरी गर्छ नियन्त्रण!!"

Post a Comment

Popular Posts

Popular Posts