क्यानडा पठाइदिने भन्दै नक्कली भिसा बनाएर २१ लाख ठग्ने पक्राउ READ MORE NEWS

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



नक्कली भिसा बनाई उदयपुरका चार जना युवालाई ठगी गरेको आरोपमा प्रहरीले एक गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाकी कल्पना कार्की नाम बताउने मिना खड्का र ओखलढुंगा सिस्नेरी गाविस–१ घर भई हाल काठमाडौं महानगरपालिका–१ कपनमा बस्दै आएका ४७ वर्षका इन्द्रबहादुर थापा रहेका छन् । सिन्धुली नेत्रकाली गाविस–६ का ३६ वर्षका चतुरलाल गोले भने फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नरबहादुर केसीले बताउनुभयो ।




एसपी केसीका अनुसार उनीहरुमाथि नक्कली भिसाको पेपर देखाई त्रियुगा नगरपालिका–१५ लेखबहादुर पाठक क्षेत्री, प्रेमबहादुर खड्का, शिव खड्का र त्रिनपा–६ का रेवत खड्कासँग २१ लाख ठगी गरेको आरोप छ । उनीहरुले घण्टाको १२ देखि १५ डलरसम्म कमाउने गरी क्यानाडा पठाइदिने आश्वसन दिई युवासँग रकम असुलेका थिए ।



मंसिर १६ गते घरबाट बिदाई भई काकडभिठ्ठा हुँदै सिलुगुडीको बागडोरा एयर पोर्टबाटबाट चढेका ति युवालाई कलकत्ता अन्तर्राष्ट्रिय एयरपोर्टमा छोडेर एजेन्ट फरार भएपछि युवाहरुले आफू ठगिएको महशुस गरेका थिए । युवाहरुले मंसिर १४ गते एजेन्टलाई रकम बुझाई क्यानाडाको यात्रा तय गरेको एसपी केसीले बताउनुभयो । क्यानडा जानका लागि लेखबहादुर पाठक क्षेत्रीले ७ लाख, पे्रमबहादुर खड्का र रेवत खड्काले ६/६ लाख र शिव खड्काले २ लाख गरी २१ लाख रकम चतुरलाल गोलेलाई बुझाएका थिए । प्रेमबहादुरले मंसिर १४ गते गाईघाट आइएमई कोड नं. ७४८७८९५३२१ ‘डी’बाट अतिथि इन्टरप्राइजेज प्रा.लि. इटहरी–१ को आइएमई शाखामा ६ लाख रुपैयाँ चतुरलाल गोलेलाई पठाएको रसिद सुरक्षित छ । त्योय रकम चतुरलालले तीन÷तीन लाख रुपैयाँको दरले झिकेको आईएमईको रेकर्डले देखाएको छ ।


Exif_JPEG_420

अन्य तीन जनाले भने मोरङको पथरीमा रहेको शिवशक्ति होटलमा कल्पना भन्ने मिना खड्कालाई बुझाएको प्रेमबहादुरले बताउनुभयो । प्राप्त भएको रकममध्ये आरोपित चतुरलालले मंसिर १४ गते मेची नगरपालिका झापाको ठेगानामा आइएमई मार्फत इन्द्रबहादुर थापालाई दुई लाख रुपैयाँ पठाएको देखिन्छ । आरोपितमध्ये मिनाले नक्कली भिसा बनाई कलकत्तामा युएनको मानिस र अनुगमन विभागमा काम छ भन्दै होटलबाट भागेको प्रेमबहादुरले बताउनुभयो । उनीहरुले फोटो कपी पेपरमा बिना छापको इलेक्ट्रोनिक ट्राभल्स अथोराइजेसन नं. जे ५००११८८७० को भिसा, भिसा सकिने म्याद सन् २०२० नोभेम्बर २६ तारेख, र पासपोर्ट नं. ०९३१२७१९ उल्लेखित भिसा देखाएर रकम ठगेको एसपी केसीले बताउनुभयो । कलकत्ताको तीन दिन बसाइपछि उनीहरु गाउँ फर्किएका थिए । गाउँ फर्किएपछि उनीहरुले एजेन्डको खोजी कार्य जारी राखेका थिए ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 Response to "क्यानडा पठाइदिने भन्दै नक्कली भिसा बनाएर २१ लाख ठग्ने पक्राउ READ MORE NEWS"

Post a Comment

Popular Posts

Popular Posts