अमेरिकाकाे मिचिगनमा बन्दुकधारीद्वारा छ जनाको हत्या READ MORE

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



सिकागो, ९ फागुन । अमेरिकाको उत्तरी राज्य मिचिगनमा शनिबार राति एक व्यक्तिले गोलीहानी कम्तीमा पनि छ जनाको ज्यान लिएको समाचार छ ।स्थानीय सञ्चारमाध्यमहरुको समाचारअनुसार सो राज्यको कालामजु क्षेत्रमा सो गोली काण्ड भएको थियो । एकजना व्यक्तिले स्थानीय एक रेष्टुरेन्टमा बसिरहेका व्यक्तिलाई लक्षित गरी गोली हानेको थियो ।

कालामजु क्षेत्रका एकजना अधिकारीले शनिबार राति अबेरतिर सो रेष्टुरेन्टमा गोली चलेको बताएका छन् । उनले प्रहरीलाई उद्धृतगर्दै सो समाचार दिएका बताइएको छ । एउटा निलो रङको कारमा आएको ५० वर्षजतिको देखिने एकजना व्यक्तिले कार भित्रैबाट अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

गोली हान्ने व्यक्ति सेतो वर्णको रहेको पनि उनीहरुले जनाएका छन् । प्रहरीले उसलाई भेट्न सकिरहेको छैन । तर खोजी कार्यलाई तिब्रता दिएको समाचारमा उल्लेख गरिएको छ । पछिल्ला केही वर्षयता अमेरिकामा यस्ता गोलीकाण्ड निकै बढेका छन् । अमेरिकामा व्यक्तिले बन्दुक राख्ने अधिकार पाएकोले पनि यस्ता दुर्घटनाहरु भइरहेका बताइन्छ । ओबामा प्रशासनले व्यक्तिलाई बन्दुक राख्न नदिने कानुन बनाउन खोजेको भएपनि त्यो सफल हुन भने सकिरहेको छैन । रासस

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 Response to "अमेरिकाकाे मिचिगनमा बन्दुकधारीद्वारा छ जनाको हत्या READ MORE"

Post a Comment

Popular Posts

Popular Posts